साधारण बचत :- यो बचत योजना स-साना व्यवसायीहरु तथा सदस्यहरुलाई लक्षित गरी संचालन गरिएको हो। यस खातामा रकम जम्मा गर्दा सदस्य स्वयम वा संस्थाको कर्मचारीहरु मार्फत जम्मा गर्न सकिन्छ। हाललाइ यस योजनामा बार्षिक ५ प्रतिशत ब्याज कायम गर्दै कम्तिमा रु. १ देखी रु. ५,००,००,०००/- पाँच करोडसम्म बचत गर्न सकिन्छ भने यो खातामा न्युनतम मौजाद रु. १००/- एकसय हुनेछ।