CHAIRMAN'S MESSAGE
अध्यक्ष
स्थानीय स्तरमा स–साना रुपमा छरिएर रहेका अर्थलाई एकिकृत गरी उक्त एकीकृत भएको अर्थलाई पुनः स्थानीय
सदस्यमाझ लगानी गरि संस्थामा आवद्ध रहनुहुने सदस्यज्यूहरुको आर्थिक आवश्यकतालाई अझ मजबुद बनाउदै
आम मानव जीवनमा अर्थको महत्वलाई फराकिलो बनाई बचतको अपरिहार्यता तथा संस्कारको रुपमा विकाश
गर्दैे ‘जीवनको पूर्वार्धमा बचत उत्तरार्धमा खपत’ भन्ने मूल मर्म बाट अभिप्रेरित यस श्री छिमेकी बचत तथा ऋण
सहकारी संस्था २०६४ सालमा स्थापना भएको संस्था हो ।
थोरै तर गुणात्मक संख्याबाट बाट स्थापना भएको यस श्री छिमेकी बचत तथा ऋण सहकारी संस्था आज एक अर्ब
बढि कारोबार सहित आफ्नै भवनबाट दैनीक सेवामा सर्मपित संस्था हो । वर्तमान देशको अवस्था ऋणत्मक भएपनि
संस्थामा आवद्ध रहनुहुने सम्पूर्ण सदस्यज्यूहरुको आर्थिक अवस्थालाई धनात्मक बनाई मुलतः बचत गर्ने संस्कार को
विकास तथा संस्थाबाट प्राप्त ऋणलाई तथ्यपरक लगानीबाट आर्थिक जटिलताको निकास नै संस्थाको सारांश हो
।
पूर्व कार्यसमितिबाट प्राप्त सहयोग, हौसला तथा मार्ग निर्देशन, सेयर सदस्यज्यूहरुको गुणत्मक साथ तथा संस्थामा
कार्यरत सम्पूर्ण कर्मचारीहरुको सकारात्मक उर्जा सहितको कार्य वास्तवमै यो त्रिवेणी गठजोड को योगफल नै
आजको समुन्नत श्री छिमेकी बचत तथा ऋण सहकारी संस्था हो । देशमा विभिन्न समयमा भएका आर्थिक संकुचनका
बावजुद पनि शिवसताक्षी नगरपालिकाको मध्यभागमा अवस्थित श्री छिमेकी बचत तथा ऋण सहकारी संस्था नगरकै
वित्तिय क्षेत्रको अग्रणि तथा जनकको रुपमा सरल सेवा प्रदान गर्न लागी परेको छ । आर्थिक पारदर्शिताको जगलाई
आधार मान्दै संस्थाले प्रदान गर्ने सेवाका प्रकारहरुलाई सुविधाको रुपमा विकास गर्दै अझ कसरी सरल तथा सहज
सेवा विस्तार गर्न सकिन्छ ? यसका लागी हामी अनवरत रुपमा वित्तीय कार्यहरु गरिरहेका छौं ।
अन्त्यमा यस छिमिेकी बचत तथा ऋण सहकारी संस्थाको उन्नयनका लागी अझ मजबुद प्रभावकारी, गुणात्मक
तथा सहयोगको अपेक्षा सहित संस्थाले बढाएका आगामी वित्तीय विभिन्न कार्यहरुमा सकारात्मक सहयोगको समेत
आशा राखेका छौं ।
धन्यवाद ।
- उदय प्रकाश राई
अध्यक्ष
सस्थाको १८ औं बर्धमा “विधि सहित खुसी सदस्य भन्ने मुल नाराका साथ प्रविधि सहित यहाँहरुको सेवामा समर्पित भएर संचालन हुदै क्रियाशिल भई आएको छ । यहाँहरुलाई प्रभावकारी सेवा प्रधान गर्नका लागि सस्था दत्तचित्त भएर लागिपरेको छ । यहाँहरुकै सहयोगको कारण सस्थाले विभिन्न गाह्रो अफ्ठ्यारोहस्लाई पार लगाउँदै विभिन्न सफलताहरु प्राप्त गर्दै आईरहेको छ । छरिएर रहेको पूँजी सकलन गर्दै आबद्ध शेयर सदस्यहरुलाई साहुको महङ्गो ऋणको भारबाट मुक्ति दिलाउनु सस्थाको उद्देश्य बमोजिम हामी कार्य गर्दै अगाडी बढिरहेका छौ। सस्थाले बचत किन र भविष्यमा के काम लाग्छ भन्ने कुराको अनविज्ञता राख्नुहुने व्यक्तिहरुलाई समेत सहकारी शिक्षा मार्फत बुझाई सस्थाको शेयर सदस्य बनाएर सेवा दिँदै आएको कुरा निवेदन गर्न चाहान्छु ।
आदरणीय शेवर धनि महानुभावहरु:
समयको परिवर्तन समसमै वित्तीय क्षेत्रमा प्रविधिको विकास तिव्र गतिमा भईरहेको छ । अन्य विकसित देशहरुमा डिजिटल करेन्सिको अवधारण विकास भई मित्र राष्ट्र भारतमा त भर्चुअल बैंकिङ्गको अवधारणा विकास भई प्रयोगमा नै आई सकेको छ । हाम्रो सस्थामा पनि डिजिटल कारोबारको सुरुवात भई सकेको छ। हाम्रो सस्थामा आवद्ध शेयर सदस्यहरुले आगामी दिनमा डिजिटल कारोबार लाई बढावा हितको लागी सहकारीको सिद्धान्त, मुल्य मान्यतालाई अनीकार गरी सस्था सचालनामा सहकारीको सात सिद्धान्त सहकारीको मूल्य र मान्यता बमोजिम सचालन भइरहेको छ वा छैन भनेर परिक्षण गरी प्रतिवेदन पेस गर्ने व्यवस्था मिलाईएको छ ।
आदरणीय शेवर धनि महानुभावहरु:
मुस्कान सहितको सदस्य सेवा प्रदान गर्न सहकारी ऐन, नियम, सस्थाको विनियम, विभिन्न नीतिहरुको परिपालना गर्नु संस्था तथा सस्थामा आबद्ध शेयर सदस्यको दायित्व हो । संस्थामा रहेका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी, विभिन्न उप समिति र सस्थाका सबै शेयर सदस्यहरुले राज्यको प्रचलित ऐन कानुनको पालना गर्नेपर्ने हुन्छ र सम्पूर्ण शेयर सदस्यज्यूहरुमा पनि सस्थाको नीति नियम तथा कानुन पालनाको लागि बिनम्र अनुरोध गर्दछु। हाम्रो संस्थाले आफ्ना शेबर सदस्यहरुलाई ऋणी मात्र नभई धनि बनाउने उद्देश्य लिएको छ। त्यसैले संस्थाले आयोजना गरेको सदस्य शिक्षा कार्यक्रम तथा गोष्ठी र सेमिनारहरुमा आफ्नो सक्रिय सहभागिता बढाउनुहुनको लागी पनि हार्दिक अनुरोध गर्दछु ।