MEMBERSHIP FACILITIES
CHHIMEKI बचत तथा ऋण सहकारी संस्था लि. लामो समयको विभिन्न आरोह अवरोहहरु पार गर्दै सम्पुर्ण सदस्यहरुको संस्थाप्रतिको अगाध स्नेह, विश्वास, भरोसा, माया र सहयोगका कारणले झापा जिल्लाकै एक अब्बल संस्थाको रुपमा पहिचान कायम गर्न सफल भएको छ। यस अवधिमा संस्था सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण कारोबार गर्नसक्ने सवल र सुरक्षित वित्तीय संस्थाको भरपर्दो विकल्प बन्न सफल भएको छ। संस्थालाई पहिलो रोजाईको संस्था बनाउने प्रयासस्वरुप सदस्यहरुको सन्तुष्टि र गुणस्तरीय सेवा प्रदानलाई प्राथमिकतामा राख्दै सोही अनुरुप ब्यवस्थापन प्रणालीलाई विकास गर्दै लगिएको छ।
THIS IS DEMO CONTENT.
सदस्यलाई प्रदान गरिने सेवा सुविधाहरु :
योगदान (शेयर, मासिक बचत र अन्य कारोबारको नियमितता) मा आधारित
१) शेयर लगानीमा उत्कृष्ट लाभांस
२) बचतमा उत्कृष्ट व्याज भुक्तानी
३) कारोबारका आधारमा संरक्षीत पूँजी फिर्ताकोष वितरण
४) सदस्यको अन्तेष्टी तथा काजक्रिया खर्च रु. ३०,०००/-
५) एकाघर परिवार सदस्यत अन्तेष्टी तथा काजकिया खर्च रु. १५,०००/-
६) सरल, सुलभ व्याजदरमा पर्याप्त ऋण लगानी
७) सदस्य परिवारका उत्कृष्ट संस्थागत र सामुदायिक विद्यालयका २ छत्र र २ छात्रालाई पुरस्कार एवं सम्मान
८) सहकारी शिक्षा र अन्तरक्रिया कार्यक्रम ५ वटा
९) साधाराण सभामा उत्कृष्ट सुझावकार्तालाई पुरस्कार रु. १०००।- दश जना
१०) उत्कृष्ट बचत तथा ऋण कारोवार गर्ने सदस्यलाई पुरस्कार तथा सम्मान ४ जना
११) क्यान्सर, मुटु, किड्नी जस्ता जटिल प्रकृतिका रोगमा रु. २०,०००/-सम्म आर्थिक सहयोग
१२) प्राकृतिक प्रकोप राहत रु. १५०००।- सम्म आर्थिक सहयोग
१३) सदस्य हस्पिटल बसाई खर्च रु. ५०००।- सम्म आर्थिक सहयोग
१४) ७० वर्ष माथिका ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान
१५) सदस्यको छोरा छोरी जन्मीएमा रु. ५००।- को बाल बचत खाता
१६) महिला शेयर सदस्य सुत्केरी भएमा पोषण खर्च रु. २०००।- सम्म
१७) शेयर सदस्यलाई नेपालका रमणीय स्थालहरुको अध्ययन अवलोकन भ्रमण
१८) सदस्यहरुको आवश्यकतामा आधारित निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना
(उल्लेखित सेवा सुविधाहरु प्राप्त गर्न मासिक बचत तथा ऋण कारोवार नियमित भएको हुनपर्नेछ । साथै अन्य शर्त सदस्य राहत नीति बमोजिम हुनेछ ।)