यो बचत योजना संस्थामा आबद्ध सबै सदसयहरुलाइ लक्षित गरि तयार पारिएको बचत योजना हो। सदस्यहरुलाइ संस्थाले प्रदान गर्ने सबै प्रकारका सेवा सुविधाहरु सँग यो बचत योजना जोडिएको छ। यो बचत योजना नियमित नहुने सदस्यहरु संस्थाबाट उपलब्ध गराइने सेवा सुबिधाहरु बाट बन्चित रहनुहुनेछ । यस बचत योजनामा रकम जम्मा गर्दा मासिक रुपमा १००/२००/३०० भन्दा मादि बचत गर्न पाईने छैन । यस योजनामा सबै सदस्यलाइ जोडिने र संस्थाले उपलब्ध गराउने सबै प्रकारका सेवा सुविधा उपलब्ध गराइने छ । उमेर छदाको कमाइ बुडेसकालमा रमाइ भन्दै संचालनमा ल्याएको यस बचत योजनामा बार्षिक १० प्रतिशतले व्याज गणना गरिने र यसको अवधि १० बर्षको रहने छ।


